जेष्ठ नागरिक केन्द्रलाई सराङ्गकोट सहकारीको सहयोग

पाेखरा | मंसिर २९, २०७९

जेष्ठ नागरिक केन्द्रलाई सराङ्गकोट सहकारीको सहयोग

पोखरा:  सराङ्गकोट बहुउद्देशयीय सहकारी संस्थाले १६ औँ वार्षिक उत्सवको अवसरमा राम मन्दिर जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गरेको छ ।


सस्ंथाले यस वर्ष वार्षिक उत्सवको अवसरमा त्रिदीवसीय कार्यक्रम अन्र्तगत स्वास्थ्य सेवा, विधार्थीहरुलाई न्यानो कपडा र जेष्ठ नागरिक केन्द्र गगनगौँडालाई भौतिक सामाग्री वितरण गरीएको संस्थाको उपाध्यक्ष वसन्त बहादुर बाँनियाले बताए ।


संस्थाले स्थापनादेखि समुदाय केन्द्रित रेडियो सराङ्गकोटको प्रसारण, आर्थिक कारोबार मार्फत ७० करोडको कुल कारोबार मार्फत बचत तथा ऋण सङ्गै सदस्यहरु केन्द्रित सामाजिक उत्तरदायित्वका रचनात्मक क्रियाकलापहरु गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।


राममन्दिर जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष ,सस्ंथाका सल्लाहाकार अर्जुन बहादुर बस्नेतको सभापत्तित्वमा भएको कार्यक्रममा, संस्थाको सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सह सचिव माया कुमारी शर्मा, सल्लाहाकार इन्द्रकमल मानन्धर, संचालक सदस्य आरती श्रेष्ठ, महिला समिति सदस्य राधिका थापा, व्यवस्थापक सुरेन्द्र थापा, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगाएतले संस्थागत भनाई राखेका थिए ।
 

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्